Friday, 22 Mar, 2024
Prestige Media

सरकारसँग ८ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित

काठमाडौं– सरकारसँग ८ बुँदे सहमति भएपछि सहकारी पीडितको आन्दोलन स्थगन भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र आन्दोलित सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिबीच ८ बुँदे माग सम्बोधन सहमति भएको हो। सरकारसँगको सहमतिअनुसार समस्या देखिएका सहकारी संस्थाको निरीक्षण अनुगमन एवं हिसाबकिताब जाँच गरिनेछ। त्यसका लागि समिति गठन गरिने सम्झौतामा उल्लेख छ।
छानबिन गर्दा समस्यामा देखिएका सहकारीको पहिचान गरी त्यस्ता संस्थालाई समस्याग्रस्त सहकारीको रूपमा घोषणा गर्नुपर्ने भए विस्तृत विवरणसहित सरकारसमक्ष सिफारिस गरिने सम्झौतामा उल्लेख छ। सम्झौतापत्रमा भनिएको छ, ‘पीडित बचतकर्तासमेतको प्रतिनिधित्व हुने गरी स्वतन्त्र, अधिकारसम्पन्न समिति गठन गर्ने र समितिको सिफारिसमा त्यस्ता सहकारी संस्थालाई सरकारले समस्याग्रस्त सहकारी घोषणा गरी एकद्वार प्रणालीमार्फत त्यस्ता सहकारीको सम्पत्ति र दायित्वको फरफारक गरी बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया अविलम्व थालनी गरिनेछ।’
सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम कसुर गर्ने सहकारीका संचालक, व्यवस्थापक र संलग्न कर्मचारीलाई कानुनबमोजिम तत्काल कारबाही दायरामा ल्याइने सम्झौतामा भनिएको छ। सहकारी क्षेष सुधार सुझाव कार्यदल, २०८० ले दिएका सुझाव तत्काल कार्यान्वयनमा लैजान बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण संरचना स्थापना गरी तत्काल काम अघि बढाइने भएको छ।
‘सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने गरी राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गरिनेछ,’ सम्झौतामा भनिएको छ, ’सोही परिदृष्यमा सहकारी ऐन तथा नियमावलीमा सहकारी क्षेत्रबाट पीडितको मागलगायत विषय सम्बोधन गर्ने गरी तत्काल ऐन, नियमावली संशोधन प्रक्रिया यथाशीघ्र अघि बढाइनेछ।’
वित्तीय सहकारी क्षेत्रको नियमन तथा सुपरिवेक्षणका लागि स्वतन्त्र, स्वायत्त र प्रभावकारी नियमनकारी निकाय तत्काल गठन गर्ने कानुन तर्जुमा प्रक्रिया अघि बढाइनेछ। योसँगै सहकारी पीडितले आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति बनेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आगामी बजेट आशा जगाउने खाले आउँछः अर्थमन्त्री पुन

आर्थिक वर्ष सकिनै लाग्दासमेत ३६ प्रतिशत पुगेन पुँजीगत खर्च

आगामी बजेटबारे अर्थमन्त्री पुनले लिए पूर्वप्रशासकसँग सुझाव

प्रतितोला २ हजारले बढ्यो सुन

लगानी सम्मेलनः विभिन्न १२ विषयगत सत्रमा छलफल

लगानी सम्मेलन सफल भएको अर्थमन्त्रीको दाबी

नेप्सेमा दोहोरो अंकको वृद्धि

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

लगानी सम्मेलनमा २४०० बढीलाई निम्तो, १६०० को सहभागिता

प्रधानमन्त्री प्रचण्डद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन, नेपालमा लगानी आह्वान

कृषि बिमालेख बिक्री नरोक्न प्राधिकरणको निर्देशन

नेप्से परिसूचक राताम्य

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL