राजनीति / देश Saturday, 7 Jan, 2017
Prestige Media

परम्परागत पानीघट्ट लोप हुँदै,सुधारिएको पानीघट्टको माग

बैतडी, २३ पुस । केही समयअघिसम्म जिल्लाका सबै क्षेत्रमा सञ्चालनमा रहेका पानीघट्ट पछिल्लो समय लोप हँुदै जान थालेपछि यसको सुधारको माग बढेको छ ।

कुटानी पिसानीमा प्रयोग हुने घट्टमा पानी अभाव हुन थालेपछि सुधारिएका घट्टप्रति स्थानीयको आकर्षण बढेको र परम्परागत रुपमा प्रयोग हुने काठका ठाँउमा फलाम र प्लास्टिकका सामग्री फेर्दा थोरै पानीमा पनि घट्ट चल्ने भएकाले यसको माग बढेको तल्लादेहीका स्थानीयबासिन्दा नरेन्द्र भण्डारीले बताउनुभयो ।

सुधारिएको मदानीबाट घट्ट चलाउन दुई इन्च पानी भए पुग्छ । नदी र खोलाहरुमा पानीको सतह घट्दै गएपछि आधुनिक पानीघट्टको आवश्यकता परेको भण्डारीले बताउनुभयो । “सडक सञ्जाल र विद्युत नभएको पुर्चौडी क्षेत्र आधा दर्जन गाविसमा आधुनिक पानीघट्ट पु¥याउनु जरुरी रहेको छ”–उहाँले भन्नुभयो, “पानी घट्टकै भरमा कुटानी पिसानी हुन्छ, बिद्युत् नपुगेकाले यस्तो ठाउँमा परम्परागत पानीघट्ट सुधारको आवश्यकता छ ।”

बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले घट्ट सुधारमा अनुदान दिँदै आएको थियो तर विगत छ महिनादेखि उक्त कार्यक्रम बन्द भएकाले पानीघट्ट सुधारको माग गर्दै निवेदन थुप्रिएका छन् । बैकल्पिक ऊर्जाका क्षेत्रमा क्रियाशील संस्था सामाजिक चेतना तथा विकास सङ्घका अनुसार अहिले सम्म ६०० जति सुधारिएका घट्ट जडान भएका छन् ।
जिल्लामा एक हजार ५०० सयको हाराहारीमा घट्ट सञ्चालनमा रहेको तथ्याङ्क छ । तीमध्ये ६०० मात्रै सुधारिएका छन् । घट्ट सुधार गर्न पाइप, औजार र उपकरणमा रु २५ हजारसम्म लगानी हुने गरेको छ । परम्परागत रुपमा प्रयोग हुने काठका सामग्रीको सट्टा फलाम र पोलिथिनका सामग्री राखिन्छ ।

नयाँ बनाउदा घट्ट, घर र कुलोसहितमा रु डेढ लाखसम्म खर्च हुने बताइएको छ । “उपभोक्ताबाट अत्याधिक माग आएको छ, पानीघट्ट सुधार कार्यक्रमलाई निरन्तरता दिन बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग पहल गरिरहेका छौँ”– उहाँले भन्नुभयो ।

बिद्युत् र डिजेल मिल भन्दा घट्टको पिसानी सस्तो र मिठो हुने भएका कारण गाउँमा यसको माग बढेको हो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL