अर्थ बाणिज्य / समाज Monday, 5 Feb, 2024
Prestige Media

दुई दर्जन उद्योगको सम्झौता खारेज गर्दै हेटौंडा औद्योगिक क्षेत्र

काठमाडौं– उद्योग सञ्चालन अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ।
हेटौंडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि बढाइएको हो।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालय हेटौंडाले सम्झौता खारेजको काम अगाडि बढाएको हो।
‘सम्झौता गरेर जमिन ओगेट्ने काम मात्र भयो, उद्योग सञ्चालन भएन। फलस्परुप कारबाहीको प्रक्रिया अगाडि बढाएका छौं’, कार्यालय प्रमुख भोजराज विडारीले भने।
उनका अनुसार केही उद्योगका सम्झौता खारेज गर्दा जिल्ला अदालत मकवानपुरमा मुद्दासमेत दायर गरिएका छन्।
हेटौंडा वडा नं ८ मा रहेको उक्त औद्योगिक क्षेत्रमा एक सय ४७ मध्ये एक सय १५ वटा उत्पादनमूलक उद्योग सञ्चालन छन्। बन्द भइसकेकामा ९, निर्माणाधीन २३ उद्योग रहेका कार्यालयको तथ्यांकमा जनाइएको छ।
ती उद्योगमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ।
औद्योगक क्षेत्र व्यवस्थापनका अनुसार उक्त क्षेत्रमा यसअघि तीन सिफ्टमा सञ्चालन हुने उद्योग अहिले एक सिफ्टमा सञ्चालन हुने गरेका छन्। कतिपय उद्योग कहिले सञ्चालन हुने र कहिले बन्द हुने अवस्थामा रहेका प्रमुख विडारीले जानकारी दिए।
उनका अनुसार पछिल्लो समय यहाँ सञ्चालित अधिकांश उद्योगको उत्पादन र बिक्ती घट्दै गएको छ।
उद्योगको अवस्था तीन वर्षयतादेखि दिनप्रतिदिन खस्किँदै गएको, लगानीअनुसार प्रतिफल प्राप्त नहुँदा नोक्सानी बढ्दै गएको बिडारीको भनाइ थियो। कोरोना महामारीका साथै अन्य विभिन्न कारणले भएकोे आर्थिक तथा व्यावसायिक मन्दीले उद्योग र व्यवसायको अवस्थामाथि उठ्न नसकेको उनले बताए।
यसैबीच उद्योगको आर्थिक अवस्था कमजोर हुँदै गएकाले भाडा दिनमा समेत समस्या भइरहेको उद्योगीको गुनासो छ। यहाँ सञ्चालित उद्योगबाट उत्पादित सामग्रीको लागत धेरै हुनु, बिक्री नहुनु, बजार व्यवस्थापनमा समस्या, आर्थिक मन्दीलगायत कारणले कमजोर बन्दै गएका उद्योग वाणिज्य संघ हेटौंडाका पदाधिकारीको भनाइ छ।
‘अहिले बजारको अवस्था कमजोर बन्दै गएको छ। पसल र सटर खाली हुँदै गएका छन्। उद्योगबाट उत्पादित सामान बिक्री हुँदैनन्। उद्योगका लागि बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भएको छ। थप लगानीका लागि बैंकले ऋण दिँदैनन्,’ हेटौंडाका फर्निचर उद्योगी रामपुकार ठाकुरले भने।
यस क्षेत्रमा निर्माणसम्बन्धी सामग्री उद्योग पाँच, प्लास्टिक सामग्रीसम्बन्धी २८, विद्युतीय सामग्रीसम्बन्धी तीन, खाद्यन्न तथा पेय पदार्थका ११, फर्निचरका ६, इञ्जिनियरिङ सेवातर्फ १५, प्याकेजिङ सामग्रीतर्फ पाँच, केमिकलतर्फ ११, पोल्ट्री तथा दाना उद्योगतर्फ दुई, टेक्सटायल उद्योतर्फ एक, खानीजन्यतर्फ तीन र अन्यमा १० वटा उद्योग सञ्चालित छन्।
उक्त औद्योगिक क्षेत्रभित्र सरकारी र गैरसरकारी कार्यालय तथा विभिन्न संघसंस्थातर्फ ११ कार्यालय रहेका छन्। औद्योगिक क्षेत्र २०२० मंसिर २० मा स्थापना भएको थियो।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL