अर्थ बाणिज्य / समाज Wednesday, 31 Jan, 2024
Prestige Media

सुन तस्करी प्रकरणः सीआईबी प्रमुख र अनुसन्धान अधिकृतसँग समितिले लियो बयान

काठमाडौं– सरकारबाट ६१ केजी सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख र सुन प्रकरणका अनुसन्धान अधिकृतसँग बयान लिएको छ।
समितिले सीआईबी प्रमुख किरण वज्राचार्य र डीएसपी दुर्गाराज दाहालसँग सुन तस्करी प्रकरणबारे सोधपुछ गरेको हो।
६१ किलो सुन तस्करी प्रकरणमा मुछिएका आरोपीलाई सीआईबीले नसमाएको विषयमा वज्राचार्यसँग सोधपुछ गरिएको समितिका एक सदस्यले बताए।
सोधपुछका क्रममा वज्राचार्यले उक्त विषयबारे जानकार नभएको जवाफ दिएको बताइएको छ।
समितिले सुन प्रकरणका अनुसन्धान अधिकृत डीएसपी दाहाललाई भेपमा लुकाएर तस्करी भएको ९ किलो सुनबारे सोधपुछ गरेको बुझिएको छ।
सरकारले सुनतस्करीबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो।
समितिले यस प्रकरणमा जोडिएका अधिकारीलाई बोलाएर सोधपुछ गरिरहेको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL