अर्थ बाणिज्य / समाज
Wednesday, 3 Jan, 2024
प्रतितोला २ सय रुपैयाँले घट्यो सुन
काठमाडौं- बुधबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको छ।
यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, मंगलबार छापावाल सुन १ लाख २१ हजार र तेजावी सुन १ लाख २० हजार ४०० रुपैयाँ निर्धारण भएको थियो।
महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६५.१८ डलरमा र चाँदी प्रतिऔंस २३.०७ डलरमा कारोबार भइरहेको छ।







