अर्थ बाणिज्य / समाज Tuesday, 26 Dec, 2023
Prestige Media

अर्थतन्त्र सुधारोन्मुख गतिमा : अर्थमन्त्री महत

काठमाडौं–अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको दाबी गरेका छन्। चितवन पुगेका महतले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अर्थतन्त्रका सूचक सकारात्मक देखिएको बताएका हुन्।
अर्थमन्त्रीले भने, ‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नुहुन्न भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ। अब लगानी वातावरण बनेको छ। अब केही गर्नुहुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्यांकले देखाएको छ।’
लगानी वातावरण बिथोल्न खोजिए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनको भनाइ छ।
‘लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ। नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्। लगानी गर्दा पहिचान गरेर लगानी गरौं भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ,’ उनले भने।
मन्त्री महतले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको स्पष्ट पारे।
घरजग्गा कारोबारमा सुधार भएको र उल्लेख्य मात्रामा पर्यटक भित्रिएकाले पूर्वाधारमा लगानी केन्द्रित गर्ने हो भने प्रशस्त मुनाफा आर्जन हुन सक्ने उनले औंल्याए।
अथाह सम्भावनाको पर्यटन क्षेत्रमा लगानी गर्न उनले आह्वान गरे। विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको र विप्रेषण पनि सकारात्मक देखिएकाले अर्थतन्त्र सुधारोन्मुख रहेको उनले दाबी गरे।
राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायीलाई सम्बोधन गरेको उनले बताए।
उनले भने, ‘नीतिगत व्याजदर घटेको छ, त्यसको प्रभाव बैंकहरुमा देखिन थालेको छ। असल नियतका साथ काम गर्नेलाई सरकारले सहयोग गर्दै आएको छ। बैंकको ऋण तिर्दै तिर्दिनँ भन्न कसैले पनि पाउँदैन’, अर्थमन्त्रीले भने।–रासस

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL