राजनीति / देश Friday, 6 Oct, 2023
Prestige Media

कांग्रेसको नीति अधिवेशनमा हालसम्म ४३ जिल्लाबाट छानिए प्रतिनिधि

काठमाडौं– सत्तारुढ कांग्रेसले आगामी १३ देखि १५ मंसिरका लागि तय गरेको नीति अधिवेशनका लागि हालसम्म ४३ जिल्लाबाट प्रतिनिधि छनोट भएका छन्। ३४ जिल्लाबाट भने प्रतिनिधि चयन हुन बाँकी रहेको कांग्रेसले जनाएको छ।महासमिति सदस्यको निर्वाचन समयावधि असोज मसान्तभित्र तोकिएको छ।

बाँकी रहेका केही जिल्लाका आंशिक क्षेत्रमा निर्वाचन हुन बाँकी छ भने केहीमा सुरु नै नभएको निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठले जानकारी दिए।हालसम्म गुल्मी, गोरखा, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, नवलपरासी, रुकुम (पूर्व), रुकुम (पश्चिम) रोल्पा, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, सुर्खेत, बझाङ, अछाममा निर्वाचन सम्पन्न भइसकेको छ।

यस्तै, पाँचथर, इलाम, संखुुवासभा, धनकुटा, सप्तरी, सिराहा, रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, चितवन, भक्तपुर, मकवानपुर, दार्चुला, बैतडी, डडेल्धुरा गरी ३६ जिल्लामा निर्वाचन सम्पन्न भएको समितिलाई आएको श्रेष्ठले बताए।निर्वाचन सम्पन्न जिल्लामा रसुवामा एक जना अन्य पार्टीमा गएका र एक जनालाई अनुशासन समितिले कारबाही सिफारिस गरेकाले अर्को प्रतिनिधिको नाम मागिएको उनको भनाइ छ।

चितवन १० बाट ११ जना निर्वाचित हुनुपर्नेमा १० मात्रको नाम समितिमा आएको छ। हुम्लामा एक जना निर्वाचनमा बागी उम्मेदवार बनेकाले कारबाहीमा परेपछि १० मात्रको नाम फाइनल भएर आएको छ ।ती क्षेत्रमा नयाँ प्रतिनिधिको नाम पठाउन निर्वाचन समितिले निर्देशन दिएको छ।

तेह्रथुम, रौतहट, सिन्धुपाल्चोक, नवलपुर, रुपन्देही, बर्दिया, बाजुरामा निर्वाचन सम्पन्न भए पनि आधिकारिक विवरण भने समितिमा आएको छैन।
त्यसबाहेकका ३४ जिल्लाका कतिपय स्थानमा आंशिक र कतिपय स्थानमा सबै निर्वाचन क्षेत्रमा निर्वाचन हुन बाँकी छ। ललितपुर र ताप्लेजुङमा निर्वाचन प्रतिनिधिसमेत पठाउनै बाँकी रहेको श्रेष्ठले बताए।

भोजपुर, झापा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, पर्सा, दोलखा, रामेछाप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु अर्घखाँची, दैलेख, सिन्धुली, सल्यान, डोटी, कञ्चनपुर र जुम्लामा भने कुनै पनि निर्वाचन क्षेत्रमा निर्वाचन हुन सकेका छैनन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL