राजनीति / देश Monday, 4 Sep, 2023
Prestige Media

अलपत्र शव तथा हराएका व्यक्ति सनाखत गर्न वेबसाइट सञ्चालन

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी बेवारिसे शवको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले खुलाइयो वेबसाइट।

काठमाडौं– नेपाल प्रहरीले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिको विवरण समेटिएको वेबसाइट सञ्चालनमा ल्याएको छ।प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा यूडीबीडट नेपालपोलिसडट जीओभीडट एनपी वेबसाइट उद्घाटन गरेका हुन्।

यो वेबसाइट निर्माण भएसँगै यसलाई नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने महानिरीक्षक कुँवरले सुझाव दिए।वेबसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारी रूपमा सञ्चालन गरेर सरोकारवालाको पहुँचमा लैजान र बढीभन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्ति सनाखत गर्न सहज र सक्षम हुने विश्वास उनले व्यक्त गरे।

नागरिक स्तर र यससँग सम्बन्धित सरोकारवालाको सहयोग लिँदै प्रारम्भिक रूपमै शवको सनाखत हुने वातावरण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण संकलन गरेर वेबसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा वेबपेज निर्माण कम्पनी योंगमाइन्ड्स क्रियसन प्रालिका प्रबन्ध निर्देशक डा.श्रीधर मरासैनीले वेबसाइट प्रयोगको प्रभावकारिता र विशेषताबारे जानकारी दिएका थिए।

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी बेवारिसे शवको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवको विस्तृत विवरणसहित छुट्टै वेबपेज निर्माण गर्न संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकले २ वैशाख २०७८ मा निर्णय गरेको थियो।

सोहीअनुसार नेपाल प्रहरीको मुख्यालयले अपराध अनुसन्धान विभागको पहलमा पहिचान नखुलेका शव तथा हराएका व्यक्तिको विवरण समेटी सम्पूर्ण विवरण एकै ठाउँबाट जानकारी लिन सकिने तथा कसैले व्यक्तिको पहिचान गरे आफ्नो जानकारी र विवरण रिपोर्ट गर्न सक्ने गरी निर्माण गरिएको वेबसाइट प्रयोगमा ल्याइएको प्रहरीले जनाएको छ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृत र योंगमाइन्ड्स क्रियसन प्रतिनिधि उपस्थित थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL