काठमाडौंको पेप्सीकोलामा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते
मिनीबसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा १४ जना घाइते भएका हुन्।
काठमाडौं– पेप्सीकोला–काँडाघारी सडक खण्डमा आज बिहान एकैसाथ चार वटा सवारीसाधन एकापसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।
जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएको पुष्टि गरेका हुन्।
दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२–०३७प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो ।
प्रहरी प्रवक्ता ढुंगेलका अनुसार घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्यान्ड अस्पताल र ६ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएका थिए। आज बिहान करिब ७ः४५ बजेतिर भएको दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।







