राजनीति / देश Tuesday, 22 Aug, 2023
Prestige Media

धुम्बाराहीमा बस्दै कांग्रेस पदाधिकारी बैठक

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका छन्।सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउनेबारे सोमबार बेलुकी सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति भएको विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा २० देखि ३० साउनसम्म केन्द्रीय सदस्यहरूलाई ७७ जिल्ला पठाएर संगठन सुदृढीकरणका लागि भएका आन्तरिक कार्यक्रमबारे पनि छलफल हुनेछ। कांग्रेसले १० देखि २४ भदौसम्म संगठन सुदृढीकरणका लागि अर्को अभियान चलाउने कार्यक्रम छ।२–१० साउनसम्म चलेको केन्द्रीय समिति बैठकले पारित गरेको वार्षिक कार्ययोजनाअनुसारका कार्यक्रम सञ्चालन गर्नेबारे पदाधिकारी बैठकमा छलफल बताइएको छ।

गत २६ साउनदेखि लगातार तीन दिनसम्म संघीय संसद् परिसरको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले विभिन्न निर्णय पारित गरेको थियो।कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरणमा एमालेले उठाएको उच्चस्तरीय छानबिन समिति गठन गर्नु नपर्ने विषयलाई पनि एजेन्डाभित्र राखेर छलफल भएको थियो। संसदीय दलको बैठक सभापति शेरबहादुर देउवाले सुन तस्करी प्रकरण छानबिनमा एमालेको माग मान्न नसकिने बताएका थिए।

हिजो बेलुकीको बहुदल सम्मिलित बैठकमा देउवाले एमालेले उठाएको उच्चस्तरीय छानबिन समिति गठन गरेर संसद् खुलाउनुपर्ने सुझाव दिएका थिए।

कांग्रेस संसदीय दलको बैठकले एमाले माग अस्वीकार गरेका बेला सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने बहुदल सम्मिलित बैठकले निर्णय गरेको विषयमा पनि सभापति देउवाले पदाधिकारीलाई अवगत गराउनेछन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL