राजनीति / देश Tuesday, 22 Aug, 2023
Prestige Media

बाढीपहिरोका कारण देशभरका ७ वटा राजमार्ग अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण बाढीपहिरो जाँदा ७ वटा राजमार्ग अवरूद्ध भएका छन्। सडक विभागका अनुसार तमोर करीडोरअन्तर्गतको चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारमा अवरूद्ध रहेको छ।

कोसी राजमार्गअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान धनकुटा हिले, लेघुवाघाट–तुम्लिङ्गटार खाँदवारी–नुम किमाथाङ्का जोड्ने सडक संखुवासभाको मुढेमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।

बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी जोड्ने सडक पनि नुवाकोटको निगालेमा अवरूद्ध रहेको छ। राप्ती राजमार्गअन्तर्गत अमेलिया–तुल्सिपुर–शितलपाटी थारमारे मुसीकोट जोड्ने सडक सल्यानको जलेखर्कमा अवरूद्ध रहेको छ। तानसेन–रिडी–कोरला जोड्ने सडक मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न ठाउँमा अवरुद्ध रहेको विभागले जानकारी दिएको छ।

ठोरी–भरतपुर–मुग्लिङ, आँबुखैरेनी गोरखा–घ्याम्पेसाल, आरूघाट सिर्दिवास–रोइला भञ्ज्याङ जोड्ने सडक चितवनको नाम्सी पुलमा अवरूद्ध रहेको छ। मनसुनजन्य गतिविधि सुरू भएयता बाढी–पहिरोबाट २७ वटा राजमार्गको २ सय १६ ठाउँमा क्षति पुगेको विभागको अद्यावधिक तथ्यांकमा उल्लेख छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL