कांग्रेसको आन्तरिक विशेष अभियान समापन
काठमाडौं– सत्तारुढ कांग्रेसले २० साउनदेखि १० दिनसम्म सञ्चालन गरेको संगठन सुदृढीकरण अभियान सम्पन्न भएको छ । कांग्रेसले संगठन सुदृढीकरणका लागि चलाएको आन्तरिक विशेष अभियान समापन भएको हो ।

अभियान सकिएसँगै जिल्ला पुगेका केन्द्रीय प्रतिनिधि काठमाडौं फर्कन थालेका छन् । पार्टी संगठनको अवस्था, विधान कार्यान्वयन स्थिति, स्थानीय सरकार र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रतिनिधिले प्रतिवेदन पेस गर्नेछन् । सभापति शेरबहादुर देउवादे १८ बुँदे निर्देशन दिएर केन्द्रीय प्रतिनिधिलाई जिल्ला खटाएका थिए ।
कांग्रेसले १० भदौदेखि २४ भदौसम्म दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । १० साउनमा सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी संगठन सञ्चालनका लागि एक वर्षे कार्यक्रम तयार गरेको छ । सत्ता र शक्ति वरपर रहँदा संगठन विस्तार क्रमशः कमजोर हुँदै गएपछि कांग्रेसले एक वर्षसम्म विविध कार्यक्रम गर्ने योजना अगाडि सारेको छ ।







