राजनीति / देश Sunday, 6 Aug, 2023
Prestige Media

आठ राजनीतिक दलले मात्रै आयोगलाई बुझाए जरिमाना

आयोगले १ साउनमा ६ राजनीतिक दललाई १५ हजार, ११ दललाई २० हजार, पाँच दललाई १० हजार र ४७ दललाई सात हजारका दरले जरिमाना तोकेको थियो ।

काठमाडौं– आर्थिक व्यवस्थापन पारदर्शी नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेका ६९ मध्ये हालसम्म आठ राजनीतिक दलले मात्रै जरिमाना बुझाएका छन् । भदौ पहिलो साता जरिमाना बुझाउन आयोगले तोकेको समयसीमा सकिनेछ ।

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरी सोसम्बन्धमा जानकारी नगराएका दलमध्ये चार दलले मात्रै जरिमाना बुझाएको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले बताएको छ ।लेखापरीक्षण ढिला बुझाउने आठ दललाई सात हजार जरिमाना तोकिएकोमा चार दलले मात्रै जरिमाना बुझाएका छन् ।

आयोगले १ साउनमा ६ राजनीतिक दललाई १५ हजारका दरले, ११ दललाई २० हजारका दरले, पाँच दललाई १० हजारका दरले र ४७ दललाई सात हजारका दरले जरिमाना तोकेको थियो ।पाँच राजनीतिक दलले लगातार दुई आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाएको आयोगको विवरणमा उल्लेख छ ।आठ राजनीतिक दलले लेखापरीक्षण प्रतिवेदन पेस नगरेको र स्पष्टीकरण माग गरिएकोमा जवाफसमेत पठाएनन् ।

तोकेको समयभित्र आयव्यय विवरण पेस नगर्ने १६ राजनीतिक दल छन् । विवरण पेस नगर्नेमध्ये आठ दलले स्पष्टीकरण पेस गरे पनि लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् ।प्रतिवेदन नबुझाउने आठ दललाई १५ हजार जरिमाना तोकिएको छ ।१ साउनदेखि लागु हुने गरी ३५ दिनभित्र कारबाहीमा परेका दलले जरिमाना बुझाउनुपर्ने आयोगको भनाइ छ ।

जरिबानाबापतको रकम तोकिएको समयभित्र नबुझाउने राजनीतिक दललाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउन सक्ने कानुनी व्यवस्था छ ।राजनीतिक दलसम्बन्धी ऐनले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने, आयोगले दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा जरिमाना नबुझाए त्यस्तो दलको दर्ता खारेज गर्न सक्ने व्यवस्था छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL