राजनीति / देश
Tuesday, 13 Jun, 2023
तनहुँमा एक महिलाको शव फेला
तनहुँमा एक जना महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका एसपी अवदेश विष्टका अनुसार मंगलबार अन्दाजी १० बजे व्यास नगरपालिका-१० मा एक जना महिलाको शव फेला परेको हो।
उनका अनुसार शव बोराभित्र फेला परेको हो।घटनास्थलमा डिएसपीको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ।
प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने काम गरिरहेको छ।







