राजनीति / देश
Wednesday, 24 May, 2023
मनकामनामा सुन्तलाको प्रतिमा निर्माण
गोरखा ।शहीद लखन गाउँपालिका–२ मनकामनाको ढाँडवारीमा सुन्तलाको प्रतिमा निर्माण गरिएको छ । ६ लाख रुपैयाँको लागतमा गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइले प्रतिमा निर्माण गरेको हो ।
‘सुन्तलाको पकेट क्षेत्रको रुपमा यो ठाउँ परिचित छ, तर पछिल्लो समय रोगका कारण यहाँका अधिकांश बोट मरेका छन्’, गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइ अध्यक्ष हरि श्रेष्ठले भने, ‘किसानहरुलाई सुन्तला खेतीतर्फ उत्प्रेरित गर्न पनि यो प्रतिमा निर्माण गरेका हौं ।’
प्रतिमाको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र शहीद लखन थापा गाउँपालिका–२ का अध्यक्ष सकुन थापा मगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।







