राजनीति / देश
Wednesday, 26 Apr, 2023
सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई
जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिएका छन्।
‘जसपा अध्यक्ष उपेन्द्र यादव बारा प्रतिनिधि सभा क्षेत्र २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले भनेका छन्, ‘निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो। अन्य पार्टीहरूले पनि लोकतन्त्र प्रति जिम्मेवारी सहृदयताका साथ बहन गरेका छन्।’
वैशाख १० मा भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष यादव निर्वाचित भएका थिए।बारामा जसपाका उपेन्द्र २८ हजार ४ सय १५ मतसहित विजयी हुँदा जनमतका शिवचन्द्र २३ हजार ३ सय ३४ मतसहित दोस्रो भएका थिए।नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याएका थिए।







