राजनीति / देश
Friday, 21 Apr, 2023
डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका बालकको मृत्यु
गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ।
एराती जिल्लाको धुरकोट गाउँपालिका–३ हारहारे वर्दवासको जंगलमा लागेको डढेलो निभाउन गएका स्थानीय १३ वर्षीय बालक दीपक मुखिया जलेर गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते भएका मुखियाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए।







