राजनीति / देश
Friday, 24 Mar, 2023
नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त
काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।
सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए ।
आइजिपी धिरजप्रताप सिंह आजदेखि नियमित अवकाशमा जाँदैछन्।कुँवर २०८१ चैतसम्म प्रहरीको नेतृत्वमा रहने छन्।







