राजनीति / देश
Friday, 3 Feb, 2023
गाडी चलाउँदा बेहोस भएपछि भुसाल अस्पताल भर्ना
नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन्। गाडी चलाएर तीनकुने स्थित पार्टी कार्यालय जाँदै गर्दा एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको हो ।
अस्पताल लागेर चेकजाँच गराउँदा वहाँको अवस्था सामान्य रहेको बताइएको छ ।







