राजनीति / देश
Wednesday, 18 Jan, 2023
पाइलट केसीको सालिकसहित उद्यान निर्माण गरिने
कास्कीको रुपा गाउँपालिकाले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको अर्धकदको सालिक निर्माण गर्ने भएको छ ।
गाउँपालिका बैठकले केसीको स्मरणमा सालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका सबैको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
२०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेशाको सुरुआत गरेका केसी पछिल्लो समय यती एयरलाइन्समा आबद्ध थिए ।स्व. केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी थिए ।







