राजनीति / देश Friday, 21 Oct, 2022
Prestige Media

निर्वाचनको मिति आउन महिना दिन बाँकी

आगामी ४ मंसिरको निर्वाचनमा मत खसाल्ने मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७०

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन एक महिना बाँकी रहेको छ । निर्वाचन तयारीका लागि निर्वाचन आयोग र सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन् ।नेपालको संविधानले प्रतिनिधिसभा सदस्य २७५ मध्ये १६५ र प्रदेशसभा सदस्य ५५० मध्ये ३३० स्थान (कुल सदस्य संख्याको ६० प्रतिशत) हुन आउने सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचन हुने व्यवस्था गरेको छ। अन्य सदस्य पहिलो निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)बाट हुन्छ ।

आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ताको अन्तिम विवरण प्रकाशन गरिसकेको छ भने समानुपातिकतर्फ ८ कात्तिकमा बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र ९ कात्तिकमा उम्मेदवारको बन्दसूची अन्तिम प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ ।

आगामी ४ मंसिरमा हुने मतदानका लागि मतदाता नामावलीमा नाम दर्ता भई ३ मंसिर २०७९ सम्म १८ वर्ष उमेर पूरा हुने तथा आयोगको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिक मतदान गर्न योग्य हुनेछन् ।निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन्। यसमा ८८ लाख ४७ हजार ५७९ महिला र ९१ लाख ४० हजार ८०६ पुरुष तथा १८५ अन्य रहेका छन् ।
देशभर कुल १० हजार ८९१ र २२ हजार २२६ मतदानस्थल तोकिएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL