राजनीति / देश Tuesday, 18 Oct, 2022
Prestige Media

स्थानीय तहलाई मतदाता शिक्षा चलाउन मन्त्रालयको परिपत्र

मतदाता शिक्षा कार्यक्रम मतदानको १५ दिनअघिदेखि देशभरका सबै वडामा सञ्चालन गर्नुपर्ने भएकाले सबै पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं– संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै स्थानीय तहलाई मतदाता शिक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

निर्वाचन आयोगले मतदाता कार्यक्रमसम्बन्धी अवधारणापत्र र मतदाता शिक्षा निर्देशिका स्वीकृत गरिसकेको छ ।उक्त निर्देशिकामा स्थानीय स्तरमा निर्वाचन प्रचार–प्रसार र मतदाता शिक्षा सञ्चालन गर्न मतदाता शिक्षा समुदायस्तर तथा घरदैलो कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मतदाता शिक्षा समन्वय समिति (स्थानीय तहस्तर) र स्थानीय तहको सम्बन्धित वडा सचिवको संयोजकत्वमा मतदाता शिक्षा सञ्चालन समिति (वडास्तर) रहने व्यवस्था निर्देशिकामा छ ।

मतदाता शिक्षा कार्यक्रम मतदानको १५ दिनअघिदेखि देशभरका सबै वडामा सञ्चालन गर्नुपर्ने भएकाले सबै पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले परिपत्र गरेको हो ।मतदाता शिक्षा कार्यक्रमका लागि आवश्यक जनशक्ति, साधन–स्रोत व्यवस्थापन सम्बन्धित स्थानीय तहले नै गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले निर्देशिकाअनुसार मतदाता शिक्षा समुदायस्तरमा घरदैलो कार्यक्रम सञ्चालन गर्न सबै पालिकालाई परिपत्र गरिएको बताए ।आयोगले उपलब्ध गराएको मतदाता शिक्षा सामग्रीलाई पालिकास्तरको समितिले सामुदायिक र संस्थागत विद्यालयका प्राध्यापकको बैठक आयोजना गरी मतदाता शिक्षाबारे जानकारी दिने र सम्बन्धित विद्यालयको कक्षामा मतदाता शिक्षाको व्यवस्था मिलाउनुपर्नेछ ।

समितिले आफ्नो क्षेत्रभित्रका सबै वडामा सञ्चालन भएको मतदाता शिक्षाको नियमित अनुगमन गरी सम्बन्धित निर्वाचन कार्यालयलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL