अर्थ बाणिज्य / समाज Tuesday, 18 Oct, 2022
Prestige Media

बहुआयामिक गरिब नेपालीको संख्या ५१ लाख

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले सोमबार सार्वजनिक गरेको विश्वव्यापी बहुआयामिक गरिबी सूचकांक प्रतिवेदनमा ५१ लाख ३७ हजार नेपाली बहुआयामिक गरिब रहेको देखिएको हो

काठमाडौं– नेपालमा १७.५ प्रतिशत नेपाली बहुआयामिक गरिबीमा रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सोमबार सार्वजनिक गरेको विश्वव्यापी बहुआयामिक गरिबी सूचकांक (एमपीआई) प्रतिवेदनले ५१ लाख ३७ हजार नेपाली बहुआयामिक गरिब रहेको देखिएको हो ।

प्रतिवेदनले पछिल्लो दशक नेपालमा बहुआयामिक गरिबीमा सुधार आएको औंल्याएको छ । सन् २०११ मा ३९ प्रतिशत रहेको बहुआयामिक गरिबको संख्या सन् २०१६ मा २५.७ प्रतिशतमा झरेको थियो ।यूएनडीपी नेपालका नीति सल्लाहकार धर्म स्वर्णकारले स्वास्थ्य, शिक्षा र जीवनस्तर पक्षबाट गरिबीलाई हेरिएको बताए ।

प्रतिवेदनअनुसार नेपालमा स्वास्थ्यतर्फ २३.२ प्रतिशत, शिक्षातर्फ ३.९ प्रतिशत र जीवनस्तरतर्फ ४३ प्रतिशत नेपाली बहुआयमिक गरिब रहेका छन् ।६ अर्ब १० लाख जनसंख्या रहेको विश्वका १११ देशको शिक्षा, स्वास्थ्य र जीवनस्तरका विभिन्न सूचकांकलाई आधार मानेर गरिएको अध्ययनमा विश्वमा १ अर्ब २० करोड जनसंख्या बहुआयामिक गरिब रहेको देखाएको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL