राजनीति / देश Tuesday, 18 Oct, 2022
Prestige Media

अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन निर्देशन


निर्वाचन कार्यक्रमलाई ध्यानमा राखी तीन साताभित्र अवरुद्ध सडक खुलाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहसचिवले दिए निर्देशन

काठमाडौं– गृह मन्त्रालयले वर्षाका कारण देशभर अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचन कार्यक्रमलाई ध्यानमा राखी तीन साताभित्र अवरुद्ध सडक खुलाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन् ।स्थानीय सरकारसँग समन्वय गरेर सडक सञ्चालनको सहज व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। गृहसचिव सिंहले अवरुद्ध विद्युत् र सञ्चार सेवालाई सुचारु गराउने काममा पनि सम्बन्धित प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए ।

केन्द्रीय निकायसँग समन्वय गरेर सो कामलाई सहजीकरण गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै गृहसचिव सिंहले त्यसका लागि रिर्पोटिङ गरेर तत्काल मन्त्रालय पठाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देश दिएका छन् ।

‘यातायातका साधनको पहुँचको कुरा प्रमुख जिल्ला अधिकारीकै कार्यक्षेत्रभित्र पर्छ। काम गर्ने अरुले हो तर समन्वय गर्ने तपाईंहरूले हो। अझै पनि हामीसँग २०÷२२ दिन बाँकी छ। यो अवधिमा पानी पर्दैन भन्ने अनुमान छ। त्यस कारण अवरुद्ध सडक निर्माणका काम गराउन स्थानीय तहसँग, स्थानीय सरकारसँग समन्वय गर्ने र त्यसलाई तदारुकताका साथ अगाडि बढाउने कार्यमा यहाँहरूको प्राथमिकता रहोस्,’ उनले भने।
वर्षाका कारण पावर हाउस ढलेका र कतिपय ठाउँमा विद्युत् लाइनहरू बिग्रिँदा बिजुली अवरुद्ध भएको छ । त्यसमा पनि ध्यान दिन उनले प्रजिअलाई निर्देशन दिए । ‘कुन–कुन जिल्लामा सडक अवरुद्ध भएका छन्, थप साधन लगेर भए पनि तत्काल खुलाउने व्यवस्था गर्न आग्रह गर्छु’, उनले भने ।

मन्त्रालयले ठोस मापदण्ड तय गरी निर्वाचनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृहसचिव सिंहले जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखको समन्वयनमा सो कामको व्यवस्था गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारे ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL