अर्को सातासम्म मौसमी वर्षा निरन्तर
अर्को सातासम्म मौसमी वर्षा सकिए पनि त्यसको जोखिम भने कायमै रहने विभागको पूर्वानुमान
काठमाडांै– जल तथा मौसम विज्ञान विभागले आगामी सातासम्म मौसमी वर्षा रहिरहने पूर्वानूमान गरेको छ ।विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले मौसमी सिस्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समय बाहिरिने अवस्थाबारे सार्वजनिक गरिने जानकारी दिए ।
रेग्मीले मौसमी वर्षा सकिए पनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने स्पष्ट पारे ।वर्षा सकिए पनि त्यसको जोखिम भने कायमै रहन सक्ने उनको भनाइ छ ।
रेग्मीले भने, ‘अहिले तत्कालै आजभोलि नै मौसम बाहिरिने सम्भावना छैन । सम्भवतः अर्को साता मौसम बाहिरिन सक्छ । कहिले मौसम बाहिरिन्छ भन्नेबारे निरन्तर अनुगमन गरिहेका छौं । बाहिरिने अवस्था भएपछि सार्वजनिक गर्छौं । धनमालमै क्षति हुने अथवा कुनै त्यस्तो जोखिम निम्त्याउने भनेको मनसुनी वर्षाले मात्रै हुँदैन । मनसुन पछाडिका अरू समय पनि त्यस्ता खाले मौसमी गतिविधि हुन सक्छ । त्यस कारण मौसम सकिए पनि त्यस्ता जोखिम निम्तन नसक्ने भन्ने होइन ।’
विभागले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भन्नेबारे हिउँदयाम सुरु हुनुअघि नै जानकारी दिइने बताएको छ ।







