राजनीति / देश
Thursday, 13 Oct, 2022
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
बैठकको एजेन्डा सार्वजनिक नभए पनि ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा छलफल हुने
काठमाडौं–सत्तारुढ नेपाली कांग्रेसले आगामी २८ असोजमा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ ।२८ असोज शुक्रबार पार्टी मुख्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
हाल कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ सदस्यीय छ ।
बैठकको एजेन्डा सार्वजनिक नभए पनि ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषय मा छलफल हुने बताइएको छ ।







