त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५ किलोमिटरभित्र ड्रोन उडाए कारबाही
विमानस्थलको ५ किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले उडान सुरक्षामा असर पर्ने भन्दै उक्त कार्य नगर्न÷नगराउन प्राधिकरणले चेतावनी दिएको हो
काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५ किलोमिटर क्षेत्रभित्र ड्रोन उडाए कारबाही गरिने बताएको छ ।
विमानस्थलको ५ किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा असर पर्ने भन्दै उक्त कार्य नगर्न÷नगराउन प्राधिकरणले चेतावनी दिएको हो ।
प्राधिकरणले सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन भनेको र उक्त सूचना अटेर गरे कानुनअनुसार कारबाही हुने बताएको हो ।
ड्रोन उडानसम्बन्धी नियम, २०२१ ले विमानस्थल वरपर ड्रोन उडाउन बन्देज गरे पनि पछिल्लो केही समययता उक्त नियमलाई अटेर गरी ड्रोन उडाउने कार्य भइरहेको पाइएकाले सूचना जारी गर्नुपरेको प्राधिकरणको भनाइ छ ।







