राजनीति / देश
Friday, 30 Sep, 2022
दसैंमा सर्वसाधारणलाई टीका लगाइदिँदै राष्ट्रपति भण्डारी
३ देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दसैंको टीका लगाउन सक्नेछन्।
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दसैंको टीका लगाइदिने भएकी छन् ।राष्ट्रपति कार्यालय, शीतलनिवासका अनुसार दशमीको दिन १९ असोज दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरुलाई समय छुट्याइएको छ ।
३ देखि ५ बजे इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दसैंको टीका लगाउन सक्नेछन् ।







