राजनीति / देश Tuesday, 27 Sep, 2022
Prestige Media

सात तले दरबार पुनर्निर्माण गर्न आइपुग्यो चिनियाँ प्राविधिक टोली

चीन सरकारले जिम्मेवारी लिएको सात तले दरबारसहित आसपासका विभिन्न सात संरचनाको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि चिनियाँ पक्षले थाल्यो प्राविधिक अध्ययन

नुवाकोट–सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पु¥याएको नुवाकोटको ऐतिहासिक सात तले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि चिनियाँ पक्ष नुवाकोटको त्रिशूली आएकोे छ ।चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासका विभिन्न सात संरचनाको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो ।

नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालको अनुसार करिब २० जनाको प्राविधिक (इन्जिनियर) टोलीले सात तले दरबारको जग, दरबारको गारो र छानाको वस्तुस्थिति अध्ययन अघि बढाएको छ ।भूकम्पले क्षति पु¥याएका संरचना पुनर्निर्माणमा सहयोग पु¥याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच दरबारसहित यहाँका थप सात धार्मिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका संरचनाको पुनर्निर्माण गर्ने समझदारी भएको कार्यालय प्रमुख फुँयालले बताए ।

सोहीअनुसार पुरातत्व विभाग र ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच ४५ महिनाभित्रमा पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता (२०७६ जेठमा) भएको थियो।

‘२०७६ साउनमा पहिलोपटक कार्यक्षेत्रमा आइपुगेको चिनियाँ पक्षले सात तले दरबार र तुलजा (तलेजु) भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएर नयाँ वर्षपछि (सन् २०२०) फर्किने भनेर गएका थिए’, उनले भने, ‘चिनियाँ कम्पनीका प्राविधिक स्वदेश फर्केलगत्तै सुरु भएको कोरोनाको जोखिमले रोकिएको पुनर्निर्माण अघि बढाउन प्राविधिक अध्ययनको टोली दरबारमा आइपुगेको छ।’

चिनियाँ प्राविधिक टोलीको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले सात तले दरबारसहित वरिपरिका पुरातात्विक महत्वका दरबार र मठमन्दिरको पहिलो चरणको सर्वेक्षण सोही समयमा गरे पनि अहिले पुनः अघि बढाएका छन् ।यसअघि चिनियाँ प्राविधिक आठ जनाको टोलीले दरबारको सर्वेक्षण गरेको थियो भने अहिले कार्यक्षेत्रमा २० प्राविधिक एक सातादेखि खटिएका छन् ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि १८०१ मा विजय हासिल गरेपश्चात सात तले दरबारको निर्माण गर्न लगाएको पाइन्छ ।
उक्त दरबार क्षेत्र परिसरमा अवस्थित तुलजा भवानी मन्दिर भने लिच्छविकालीन मन्दिर भएको ‘नुवाकोट दरबार मौला अमाल’का प्रतिनिधि (द्वारे) महेन्द्रकुमार शाहीले जानकारी दिए। उनका अनुसार सात वर्षअघि गत भूकम्पले नुवाकोट दरबारलाई क्षति पु¥याए पनि प्रबलीकरण गरेर सुरक्षित गर्न सक्ने प्राविधिक अध्ययनमा देखिएको चिनियाँ पक्षले जनाएको छ ।

सोही स्थानमा रहेको रंगमहल पनि सग्लो नै भएकाले के गर्ने भन्ने अध्ययन भइरहेको छ ।‘दरबारबाहेक चिनियाँ पक्षले निर्माणको जिम्मेवारी लिएको दरबार क्षेत्रमा अवस्थित तुलाजा भवानीको मन्दिर, दरबार परिसरमा रहेको गारदघर, विष्णु र नारायणको मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी पूर्ण क्षति पुगेको छ ।’

द्वारे शाहीले भने, ‘अब हुने पुनर्निर्माणमा पुरातात्विक संरचनालाई कायम गरेर बनाउनुपर्छ भन्ने सुनिश्चित हुनुपर्छ ।’
दरबार क्षेत्रमा अवस्थित नेपालको प्रसिद्ध भैरवीदेवी मन्दिरसहित बूढीदेवी, गणेश र सरस्वतीको मन्दिर पुरातत्व विभागमार्फत पुरातात्विक मौलिकपन (जस्तो पहिला थियो त्यस्तै) कायम राखेर पुनर्निर्माण सम्पन्न भइसकेको छ ।
पुनर्निर्माणको म्याद थप हुन बाँकी

चिनियाँ पक्षले ४५ महिनाभित्र दरबारसहितको सात वटा संरचनाको प्राविधिक अध्ययनका आधारमा प्रबलीकरण तथा पुनर्निर्माण सम्पन्न गर्ने जनाएको थियो । तर उक्त अवधि गुज्रन लागिसकेको छ । नयाँ सम्झौता तथा म्याद के हुने निर्णय हुन बाँकी रहेको दरबार हेरचाह तथा संरक्षण कार्यालय प्रमुख फुँयालले बताए ।उनका अनुसार चिनियाँ पक्षले पहिलो चरणमा हाल खट राखेर थप क्षति हुनबाट रोकेका दरबारको प्रबलीकरण गरेर त्यसपछि अन्य संरचनाको काम अघि बढाउने तयारी गरेको छ ।

नेपालमा गणतन्त्र स्थापना भएसँगै साततले दरबारलाई नुवाकोट संग्राहलयमा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो ।
उक्त दरबारभित्र पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्री, पृथ्वीनारायण र रानीका प्रतिमालगायतका ऐतिहासिक संरचना राखिएका छन् । खट र टेको लगाएर राखिएको दरबारभित्रै ती सामग्री सुरक्षित राखिएका छन् ।

एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेपालको राजधानी नुवाकोट बनाएर यही दरबारबाट शासन सञ्चालन गरेको इतिहासमा उल्लेख छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL