राजनीति / देश Monday, 26 Sep, 2022
Prestige Media

६ वटा पूर्ण र २२ सडक आंशिक अवरुद्ध

निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध सडक एकतर्फी खुलाएर आंशिक सवारीसाधन सञ्चालनमा ल्याउन तयारीमा विभाग, दसैंमा घर फर्किनेहरूलाई सास्ती

काठमाडौं– दसैं नजिकिँदै जाँदा हाल देशभरका महत्त्वपूर्ण ६ पूर्ण र २२ वटा सडक आंशिक अवरुद्ध भएको सडक विभागले बताएको छ।
साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेंसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे–बेंसीसहर–चामे सडक, कर्णाली राजमार्ग र सुर्खेत तल्लो डुंगेश्वर–दुल्लु र पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक अवरुद्ध भएका छन् ।

वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध २२ सडक एकातर्फी खुलाएर आंशिक रूपमा सवारीसाधन सञ्चालनमा रहेका छन्। साँफेबगर–मार्तडी–कोल्टी सडक बाजुराको अम्कोट–बल्दे खण्डमा अवरुद्ध रहेको छ । अवरुद्ध स्थानमा लोडर र स्काभेटर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको छ । वैकल्पिक सडकका लागि स्थानीयसँग छलफल भइरहेको डिभिजन सडक कार्यालय साँफेबगरले जनाएको छ ।

बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेंसी सडक रसुवाको बनुवामा अवरुद्ध रहेको छ । सो सडक खुलाउन प्रयास भइरहेको छ भने वैकल्पिक सडक माध्यम सवारीसाधनका लागि खुलाइएको छ ।

कर्णाली राजमार्गको हर्रे, सेतो भीर, दरबारे, पदुका, रामघाट, किट्टुलगायतका स्थानमा सडक अवरुद्ध छ । सिद्धार्थ राजमार्ग पाल्पाको हिउँदे खोलामा अवरुद्ध रहेकामा सुचारु गर्ने प्रयास भइरहेको छ ।जुम्लाको श्रीढुस्कामा सडक अवरुद्ध रहेकामा स्काइभेटर प्रयोग गरी खुलाउने प्रयास जारी छ । हाल कोसी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे–बेंसीसहर–चामे, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, अरनिको राजमार्ग, भेरी करिडोरका विभिन्न स्थानमा एकातर्फबाट मात्रै चालू छ ।

यस वर्ष वर्षाका कारण अवरुद्ध सडकमध्ये हाल १ सय ४५ सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको विभागले जनाएको छ । विगत केही वर्षयता वर्षाका कारण धेरै सडकमा क्षति पुगिरहेको छ ।गत वर्ष वर्षामा मात्रै होइन, कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो। यस वर्ष पनि देशभरका सडकका चाप बढी रहेका सडक खण्डसमेत पटक–पटक अवरुद्ध भइरहेका छन् ।

अवरुद्ध सडक तत्काल खुलाउन जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले बताएको छ । विभागले डिभिजन सडक कार्यालयलाई वर्षा आउनु पहिलेदेखि नै उपकरणसहित तयारी अवस्थामा राखिँदै आएको जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL