राजनीति / देश
Monday, 26 Dec, 2016
भूकम्पपीडितलाई तीन लाख अनुदान नदिन दाताको दबाब
भूकम्पपीडितलाई घर बनाउने सरकारले दिने भनेको तीन लाख रुपैयाँ घटाएर दुई लाखमा झार्न दातृ निकायले दबाब दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको राष्ट्रिय पुर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० गते वसेको वैठकले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान रकम दुई लाखबाट बढाएर तीन लाख रुपैयाँ पुर्याउने निर्णय गरेको थियो ।
दातृ निकायले आफूहरुसँग छलफल नै नगरी सरकारले अनुदान रकम बढाउने निर्णय गरेको र विगतको सम्झौतामा पीडितलाई घर बनाउन दुई लाख रुपैयाँ मात्रै दिने निर्णय भएको भन्दै थप एक लाख कटौती गर्न दबाब दिएका हुन् ।
अनुदान रकम नबढाउन बढी दबाब दिनेमा विश्व बैंक, अमेरिकी सहयोग नियोग युएसएड र जापान सहयोग नियोग जाइका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।







