राजनीति / देश
Monday, 19 Sep, 2022
दुई दिनमै १५ हजारले लिए दसैंको अग्रिम टिकट
अधिकांश यात्रुले दसैंमा घर जान नयाँ बसपार्कबाट अग्रिम टिकट बुक गरेका हुन्।
काठमाडौं– यातायात व्यवसायीले दसैंका लागि अग्रिम बुकिङ टिकट खुलाएको दुई दिनमै करिब १५ हजारले अग्रिम टिकट बुक गरेका छन् । अधिकांश यात्रुले दसैंमा घर जान नयाँ बसपार्कबाट अग्रिम टिकट बुक गरेका हुन् ।
शनिबारदेखि अग्रिम टिकट बुकिङ खुलेको थियो । यस पटकको दसैंका लागि २७ असार २०७९ मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काटिरहेका छन् ।नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रबन्धक पंकज मल्लका अनुसार पश्चिम नेपालका लागि अग्रिम टिकट काट्नेको संख्या अधिक छ ।
धेरै अग्रिम टिकट बुकिङ गर्नेमा प्युठान, अर्घाखाँची, गुल्मी, बझाङ बाजुरा, अछाम, डोटी, धनगढी महेन्द्रनगरलगायतका यात्रु छन् ।







