राजनीति / देश Monday, 19 Sep, 2022
Prestige Media

समानुपातिकको बन्दसूची बुझाउँदै ठूला दल

प्रतिनिधिसभा चुनावमा समानुपातिकका लागि विभिन्न दलका ६८ वटा निवेदन परेका छन्।

काठमाडौं– प्रमुख दलहरूले ४ मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची सोमबार बुझाउँदै छन् ।

निर्वाचन आयोगले आइतबार र सोमबार बन्दसूची बुझाउने कार्यतालिका बनाएको थियो । आइतबार साना चार दलले मात्रै बन्दसूची बुझाएका छन् । आइतबार नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल खम्बुवान साझा पार्टी र ताम्सालिङ् लोकतान्त्रिक पार्टीले सामानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।

आयोगका अनुसार प्रदेश १ बाट नेपाल खुम्बुवान पार्टी र बागमतीबाट ताम्सालिङ लोकतान्त्रिक पार्टीले बन्दसूची बुझाएका हुन् प्रतिनिधिसभाको समानुपातिकका लागि विभिन्न दलका ६८ वटा निवेदन परेको आयोगले जनाएको छ ।

निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिवव २० हजार हुने आयोगले जनाएको छ ।मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधिसभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट आउने व्यवस्था रहेको छ। यस व्यवस्था अनुसार प्रतिनिधि सभामा १ सय १० र प्रदेश सभामा २ सय २० सांसद समानुपातिकबाट चयन हुनेछन् ।

समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेश १ मा विभिन्न ६३ दलबाट ५५ निवेदन, मधेश प्रदेशबाट ६७ दलबाट ५९ निवेदन, बागमती प्रदेशमा ६६ दलबाट ५८ निवेदन, गण्डकी प्रदेशमा ६० दलबाट ५२ निवेदन, लुम्बिनी प्रदेशमा ६२ दलबाट ५४ निवेदन, कर्णाली प्रदेशमा ५७ दलबाट ४९ निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८ दलबाट ५० निवेदन परेका छन् ।

प्रमुख दलहरूले भने सोमबार मात्रै बन्दसूची बुझाउने तयारी गरेका छन् । त्यसका लागि आन्तरिक छलफलमा छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL