राजनीति / देश Sunday, 18 Sep, 2022
Prestige Media

प्रत्यक्षतर्फ एक तिहाइ महिला उम्मेदवार बनाउन आयोगले दियो निर्देशन

आयोगको निर्देशनअनुसार दलहरूले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५५ र प्रदेशसभामा ११० जना महिलालाई उम्मेदवार बनाउनुपर्नेछ

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्दा एक तिहाइ महिला प्रतिनिधित्व निश्चित गर्न निर्देशन दिएको छ ।

आयोगले संसदीय समितिको निर्देशनअनुसार राजनीतिक दललाई प्रत्यक्षतर्फ एक तिहाइ महिला उम्मेदवार बनाउन पत्राचार गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोगलाई यसअघि प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउने गरी दलहरूलाई निर्देशन दिन पत्राचार गरेको थियो ।

‘संसद्मा समानुपातिकतर्फबाट प्रतिनिधित्व गराउने चलन छ। अब प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउन आयोगले निर्देशन दिनुप¥यो भनेर संसदीय समितिले निर्देशन दिएको थियो। आयोगले संसदीय समितिको निर्देशन कार्यान्वयन गरेको हो,’ थपलियाले भने ।
आयोगले दलहरूलाई गरेको पत्राचारमा संविधानको धारा ३८ को उपधारा (४), धारा ४२ र धारा ४७ को मर्मबमोजिम प्रत्यक्षतर्फ कम्तीमा एक तिहाइ महिला सुनिश्चित हुने गरी मनोनयन गर्न निर्देशन दिएको हो ।

प्रत्यक्षतर्फ एक तिहाइ महिला सुनिश्चितताका लागि कुनै कानुन नभए पनि संसदीय समितिको निर्देशन आयोगले पालना गरेको थपलियाको भनाइ छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र प्रदेशसभामा ३३० क्षेत्र छन् । आयोगको निर्देशनअनुसार दलहरूले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५५ जना महिलालाई उम्मेदवार बनाउनुपर्नेछ भने प्रदेशसभामा ११० जना महिलालाई उम्मेदवार बनाउनुपर्नेछ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL