राजनीति / देश
Sunday, 18 Sep, 2022
नेपाल समावेशी पार्टी बन्यो समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने पहिलो दल
ठूला दललाई समानुपातिक उम्मेदवार चयन गर्न मुस्किल भइरहेका बेला नेपाल समावेशी पार्टीले १ नम्बरमा उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएको हो।
काठमाडौं– निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने नेपाल समावेशी पार्टी पहिलो दल बनेको छ ।
ठूला दललाई समानुपातिक उम्मेदवार चयन गर्न मुस्किल भइरहेका बेला नेपाल समावेशी पार्टीले १ नम्बरमा उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले आगामी ४ असोजमा बन्दसूचीको जाँचबुझ हुने भएकाले सो दिन दिउँसो २ बजेको समय कार्यालयमा उपस्थित हुन पार्टीलाई बोलाएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार र सोमबारको समय दिएको छ ।
ठूला दलले सोमबार मात्रै यस्तो सूची बुझाउने तयारी छ ।







