राजनीति / देश
Sunday, 18 Sep, 2022
समानुपातिक सूची टुंग्याउँदै कांग्रेस
समानुपातिक उम्मेदवार टुंग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो
काठमाडौं– सत्तारुढ कांग्रेसको संसदीय समितिको बैठक आइतबार बिहान ९ बजेदेखि सुरु भएको छ ।समानुपातिक उम्मेदवार टुंग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।
बैठकले सह–महामन्त्रीले क्लस्टरिङ गरेका नामबाट अन्तिम सूची बनाउने बताइएको छ । कांग्रेसले आठ जना सह–महामन्त्रीलाई कस्टरिङअनुसार समानुपातिक उम्मेदवारको सूची बनाउने जिम्मा दिएको थियो ।
कांग्रेस संसदीय समितिमा पदाधिकारीसँगै नेता रामचन्द्र पौडेल पनि छन् । समितिको बैठक शनिबार पनि बसेको थियो । निर्वाचन आयोगले २–३ असोजभित्र समानुपातिक बन्दसूची बुझाउन समय तोकेको छ ।







