राजनीति / देश Thursday, 8 Sep, 2022
Prestige Media

कास्कीको विन्ध्यावासिनी मावि बन्यो उत्कृष्ट

६३ जिल्लाका ४ हजार ८६७ विद्यालयलाई उछिनेर कास्कीको विन्ध्यावासिनी मावि पहिलो भएको हो

काठमाडौं– शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कास्की बाटुलेचौरको विन्ध्यवासिनी माविलाई पहिलो नम्बरमा सूचीकृत गरेको छ । केन्द्रले कार्यसम्पादन प्राप्तांकको आधारमा विद्यालयको श्रेणीकरण सूची तयार गरेको हो ।६० जिल्लाका ४ हजार ८६७ विद्यालयको मूल्यांकन गर्दा विन्ध्यवासिनी पहिलो नम्बरमा परेको हो ।

केन्द्रले विद्यालयको नतिजा विश्लेषणको क्रममा विद्यालयले प्राप्त गरेको कार्यसम्पादन प्राप्तांक (मेरिट) का आधारमा विद्यालयको श्रेणीकरण गरिएको जनाएको छ । विन्ध्यवासिनी ९४.५९ अंक प्राप्त गर्दै उत्तम विद्यालयको श्रेणीभित्र पर्न सफल भएको छ ।

कञ्चनपुर रेश्मीटोलको भानु मावि ९०.७४ अंकसहित दोस्रो, भक्तपुर दरबार स्क्वायरको पद्यम उच्च मावि ९०.५७ अंकसहित तेस्रो, काभ्रे मंगलटारको मंगल जनविजय मावि ९०.०९ सहित चौथो स्थानमा र ९० अंकसहित रुपन्देही कालिकानगरको कालिका मानव ज्ञान मावि पाँचौं भएको छ ।

केन्द्रले ९० वा सोभन्दा माथि अंक प्राप्त गर्ने विद्यालयलाई उत्तम, ७० देखि ९० अंक प्राप्त गर्नेलाई सामान्य, ७० देखि ९० अंक प्राप्त गर्नेलाई मध्यम श्रेणीस्तरको विद्यालयका रूपमा स्तर निर्धारण गरिएको केन्द्रले जनाएको छ ।केन्द्रले तयार गरेको श्रेणी निर्धारणको सातौ श्रेणीदेखि तल सबै ९० अंक भन्दा कम अंक प्राप्त गर्ने विद्यालयहरू रहेका छन् ।

केन्द्रले जिल्लागत श्रेणीकरण सूची पनि सार्वजनिक गरेको छ । जिल्लागत श्रेणी सूचिमा काठमाडौं जिल्लाको पहिलो नम्बरमा ८७.३६ अंक सहित विजेश्वरी डल्लुको गीतामाता मावि परेको छ ।

दोस्रोमा त्रिपुरेश्वरको विश्वनिकेतन मावि ८७.०३ अंक सहित दोस्रो नम्बरमा परेको छ ।
केन्द्रले ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवस अवसरमा विद्यालय कार्यसम्पादन परीक्षण प्रतिवेदन कार्यान्वयन अभियान प्रतिवेदन संश्लेषण, सार्वजनिक गरेको हो ।

केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पठनसीप आधारभूत सूचक, सुधार कार्ययोजना र नासा पोलिसी गाइडलाइन सार्वजनिक गरेको छ । केन्द्रका महानिर्देशक शिवप्रसाद सापकोटाले आर्थिक वर्ष २०७३÷०७४ देखि अहिलेसम्म ६२ जिल्लाका ५ हजार ९८ वटा विद्यालयको परीक्षण सम्पन्न भएको र त्यसमध्ये ६० जिल्लाका ४ हजार ८६७ विद्यालयको नतिजा विश्लेषण गरिएको जानकारी दिए । बाँकी रहेका जिल्लाका विद्यालयको पनि हुने क्रम जारी भएको बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL