राजनीति / देश
Sunday, 4 Sep, 2022
मधेस प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएपछि झाले दिए राजीनामा
जनकपुरधाम–मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। उनले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका हुन् ।
झाको राजीनामा स्वीकृत भएको छ। आउँदो प्रतिनिधिसभाको चुनाव लड्न मुख्यमन्त्रीलाई भेटेरै उनले राजीनामा बुझाएका हुन् ।
झा महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् ।
शनिबार जलेश्वरमा आयोजित कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले झालाई पार्टी प्रवेश गराएका छन् । जसपाबाट चुनाव लड्ने उनको तयारी छ ।
६ फागुन २०७४ मा प्रदेश सरकारको सिफारिसमा झालाई तत्कालीन प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।







