राजनीति / देश Friday, 2 Sep, 2022
Prestige Media

राप्रपा नेपालले दियो २१ भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन

प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरेर केन्द्रमा पठाउन जिल्ला समितिलाई निर्देशन दिइएको हो।

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आगामी २१ भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले निर्वाचनका लागि उम्मेदवारको नाम पठाउन निर्देशन दिएको हो ।
प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरे केन्द्रमा पठाउन जिल्ला समितिलाई निर्देशन दिइएको महामन्त्री राजाराम बर्तौलाले बताए ।

बैठकले निर्वाचनको पूर्वतयारीका विषयमा पनि निर्णय गरेको छ । महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पारित गरेको छ ।

मेचीको काँकडभिट्टाबाट ३० भदौदेखि सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको बनवासामा पुगी काठमाडौं आएर समापन हुनेछ ।

यस्तै, विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरुसँग आवश्यक छलफल, परामर्श र वार्ता गर्ने जिम्मेवारी पार्टी उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिइएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL