बारा–२ बाट उम्मेदवार सिफारिस भए उपेन्द्र
क्षेत्रीय समितिले प्रतिनिधिसभा सदस्यमा यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग राय वदको नाम पनि सिफारिस गरेको छ
वीरगञ्ज– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।
४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय समितिले नाम सिफारिस गरेको हो । यसअघि २०७४ को चुनावमा उनी सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
क्षेत्रीय समितिले प्रतिनिधिसभा सदस्यमा यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग राय वदको नाम पनि सिफारिस गरेको छ । त्यस्तै, प्रदेशसभा क्षेत्र २ ‘क’ मा १० जना र प्रदेशसभा क्षेत्र २ ‘ख’ १२ जनाको नाम जिल्ला कार्यसमिति बाराले सिफारिस गरेको छ ।
प्रदेशसभा क्षेत्र २ ‘क’ का लागि उषाकुमारी यादव, कामेश्वरप्रसाद यादव, रामबाबुप्रसाद यादव, शारदा शंकरप्रसाद साह, मुकेश कुशवाहा, आत्मरामप्रसाद साह, विनोदप्रसाद यादव, शंकरप्रसाद यादव, नागेन्द्रप्रसाद यादव र शिवशंकर प्रसाद यादवको नाम सिफारिस भएको छ ।
प्रदेशसभा क्षेत्र २ ‘ख’ बाट बच्चा राउत अहिर, अवध भूषणप्रसाद यादव, रामकिशोर प्रसाद यादव, प्रमोदप्रसाद यादव, लालबाबु सिंह, अमरदेपप्रसाद यादव, धुपलाल सहनी, ऋषिकेश यादव, ब्रह्मदेव पासवान, शम्भुप्रसाद सिंह, रामसागर प्रसाद यादवको नाम सिफारिस गरिएको छ ।







