राजपत्रमा प्रकाशित भयो निर्वाचन आचारसंहिता
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो
काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
आयोगले उक्त आचारसंहिता २० भदौपछि तोकिएको मितिदेखि लागू हुने गरी आन्तरिक कार्यतालिका बनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्न आयोगले सामान्यतः निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी मनोनयन हुनुपूर्व आचारसंहिता जारी गर्ने गरेको छ ।
आचारसंहितामा दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ ।
निर्वाचनमा आगामी २ असोजमा सामानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यसूची छ ।







