राजनीति / देश
Sunday, 28 Aug, 2022
नागरिकता विधेयक राष्ट्रिय सभाबाट पुनः पारित गराउन प्रक्रियामा लगिँदै
राष्ट्रिय सभाले पारित गरेपछि विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकहाँ पठाइनेछ
काठमाडौं– प्रतिनिधिसभाले पारित गरेर शीतलनिवास पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिदिएपछि राष्ट्रिय सभाबाट पुनः पारित गराउन आइतबारबाट प्रक्रिया अगाडि बढाइने भएको छ ।
दिउँसो १ः०१ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने भएका हुन् ।
बैठकमा उनले नेपाल नागरिकता (पहिलो संशोधन), विधेयक २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश पनि सुनाउने कार्यसूची छ ।
यसपछि नागरिकता विधेयक छलफलमा जान्छ र पारित प्रक्रिया अघि बढ्नेछ । राष्ट्रिय सभाले पारित गरेपछि विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकहाँ पठाइनेछ ।







