राजनीति / देश
Sunday, 21 Aug, 2022
सांसद गिरीको निधनमा प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं– आइतबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सांसद प्रदीप गिरीको निधन भएका कारण श्रद्धाञ्जली, अन्त्येष्टिलगायत कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ । सोमबारको बैठकमा शोक प्रस्ताव पास हुने संसद् सचिवालयले बताएको छ ।
गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित भएका हुन् । गिरीको शनिबार राती ९ बजे ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।







