राजनीति / देश Friday, 19 Aug, 2022
Prestige Media

जसपाले तोक्यो उम्मेदवारको मापदण्ड

काठमाडौं– सत्तारुढ जनता समाजवादी पार्टीले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिने उम्मेदवारले २ मापदण्ड र ७ योग्यता पास गर्नुपर्ने प्रस्ताव गरेको छ ।शुक्रबार बसेको जसपाको राजनीतिक समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारको मापदण्ड र योग्यताबारे प्रस्ताव गरेका हुन् ।

उम्मेदवार बन्न पार्टी र समाजमा लोकप्रिय, सक्रियता, सक्षमता, दक्षता र निरन्तरतालगायत मापदण्ड तोकिएको छ । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अध्ययन र विश्लेषणबाट उम्मेदवारको निक्र्योल गरिनेछ ।जसपाका अनुसार उम्मेदवार हुन पार्टीको विचार, नीति, सिद्धान्त र कार्यक्रमलाई आत्मसात गर्नुपर्ने, पार्टीको समितिमा संगठित र सक्रिय रहनुपर्ने, पार्टी र सामाजिक जनकार्यमा समर्पित भएको हुनुपर्ने, स्वच्छ सामाजिक छवि तथा नैतिकवान भएको हुनुपर्नेछ ।

यस्तै, निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको हुनुपर्ने, सम्बन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिति बुझेको हुनुपर्ने, सुशासन प्रत्याभूत गर्न सक्ने हुनुपर्नेछ ।

अध्यक्ष यादवले उम्मेदवार छनोटको प्रक्रियासमेत प्रस्ताव गरेका छन् । उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिले आवश्यक छलफल गरी योग्य उम्मेदवारका नामावली आ–आफ्नो जिल्ला समन्वय समितिलाई आउँदो ११ भदौभित्र सिफारिस गर्नुपर्नेछ ।


प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिबाट सिफारिस भई आएका नामावलीमध्ये छलफल गरी जिल्ला समन्वय समितिले ५ जनासम्म उम्मेदवारको नामावली माथिल्लो (प्रदेश) समितिलाई १६ भदौभित्र सिफारिस गर्नुपर्नेछ ।प्रदेश समितिले जिल्ला समन्वय समितिबाट सिफारिस भई आएको नामावलीमाथि छलफल गरी ३ जना प्रस्तावित उम्मेदवारको नाम संसदीय बोर्डमा २० भदौभित्र सिफारिस गरी पठाउनुपर्नेछ ।संसदीय बोर्डले प्रस्तावित उम्मेदवारको सम्बन्धमा आवश्यक छानबिन गरी निर्णयका लागि २५ भदौभित्र केन्द्रीय कार्यकारिणी समितिमा पठाउनेछ ।

उम्मेदवारको नामावली सिफारिस गर्दा महिला उम्मेदवारलाई समावेश हुने गरी समावेशितालाई समेत ध्यान पुरयाउनुपर्ने अध्यक्ष यादवले प्रस्ताव गरेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL