चालू आवमा वैदेशिक रोजगारसम्बन्धी ७३.४६ प्रतिशत मुद्दाको छिनोफानो
काठमाडौं– वैदेशिक रोजगार न्यायाधीकरणले चालू आर्थिक वर्षमा ७३.४६ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । २०६६ मा स्थापना भएको न्यायाधीकरणले चालू आवमा हालसम्मकै बढी मुद्दा किनारा लगाएको हो ।अघिल्लो आवको २०१ र चालू आवमा दर्ता भएका १०८ गरी ३०९ मध्ये २२७ मुद्दा फस्र्योट भएको न्यायाधीकरणका रजिस्ट्रार आनन्दराज पन्तले बताए । चालू आवमा ८२ वटा मुद्दा फैसला गर्न बाँकी रहेको उनको भनाइ छ ।
न्यायाधीकरणले चालू आवमा २६० मुद्दा पर्ने अनुमान गरी अघिल्लो वर्षको बाँकीसहित ४६१ मध्ये ३३१ वटा मुद्दा फैसला गर्ने लक्ष्य राखेको थियो । स्थापना भएपछि हालसम्म २ हजार ४९८ मुद्दा फस्र्योट भएको न्यायाधीकरणको तथ्यांक छ ।न्यायाधीकरणमा १८ महिना नाघेको एउटा वटा मुद्दा फैसला गर्न बाँकी छ भने एक वर्ष नाघेका मुद्दाको संख्या सात छन् । न्यायाधीकरणले आव २०६६÷६७ मा १५८ मुद्दा दर्ता भएकामा १६ वटा फस्र्योट गरेको थियो ।
पछिल्लो पाँच वर्षमा मुद्दा फस्र्योट दर ५० प्रतिशत बढी रहेको कार्यालयले बताएको छ । आव २०७४÷७५ मा अघिल्लो वर्षको बाँकी र नयाँ दर्ता गरी ६४३ मुद्दा रहेकामा सो वर्ष ३२५ मुद्दा फस्र्योट भएको छ ।यस्तै, आव २०७६÷७६ मा ५७७ मुद्दामध्ये ३७४, आव २०७६÷७७ मा ४११ मुद्दामध्ये १६३ र आव २०७७÷७८ मा ४५८ मुद्दामध्ये २५७ मुद्दा फस्र्योट भएको पन्तले जानकारी दिए ।







