राजनीति / देश Wednesday, 17 Aug, 2022
Prestige Media

आयोगले भन्यो: आउँदो मंसिरको चुनावमा १० अर्ब खर्च अनुमान

काठमाडौं– निर्वाचन आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई व्यवस्थित रूपले सम्पन्न गर्न कार्यतालिका स्वीकृत गरी थप गृहकार्यलाई तीव्र बनाएको छ ।आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधि तर्जुमा र परिमार्जनको काम गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगले यसबीचमा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि आह्वान, आर्थिक व्यवस्थापन कार्यविधि र बजेट तर्जुमाको काम गरेको हो ।मिति घोषणापछि तयारीका लागि आयोगलाई १०७ दिन समय उपलब्ध छ ।निर्वाचनका लागि खर्च करिब १० अर्ब लाग्ने र कुल मतदाता संख्या करिब १ करोड ८२ लाख हुने आयोगको अनुमान छ ।

मतदाता नामावली अद्यावधिक कार्य प्रारम्भ, मतदान स्थलको पुनरवलोकन र समानुपातिकतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरिसकेको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने सन्दर्भमा आयोगले अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि सूचना प्रकाशित गरी आह्वान गरिसकेको छ ।
निर्वाचनमा करिब १०,८२५ मतदान स्थल र अस्थायीबाहेक करिब २२,५०० मतदान स्थल रहनेछन् ।बालिग मताधिकार प्रयोग गर्ने सिलसिलामा निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका मतदातालाई मताधिकार हुनेछ ।निर्वाचनलाई विश्वासनीय तुल्याउन मतगणना स्थलमा सिसीटिभी जडान र अनुगमन कार्यको थालनी आयोगले यसअघिकै निर्वाचनबाट प्रारम्भ गरिसकेको छ ।राष्ट्रिय मान्यता प्राप्तबाहेकका अन्य दललाई पनि सम्बन्धित दलकै निर्वाचन चिह्न प्रदान गर्ने तयारी छ । मतदाता शिक्षाको ढाँचा परिवर्तन गरी आयोगले डिजिटल माध्यममा जोड दिएको छ ।
आयोगले अघि सारेको मतदाता शिक्षासम्बन्धी नीतिका कारण प्रतिमतदाता खर्चमा उल्लेख्य कटौती भएको छ ।

निर्वाचनमा मतदाताको सहभागिता बढाउन तथा बदर मत प्रतिशत घटाउन आयोगले विषयविज्ञ र राजनीतिक दलका प्रतिनिधिसँग निरन्तर संवाद गरी सुझाव कार्यान्वयन गर्दै आएको छ ।निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृती लिई सञ्चालनमा रहेका वृद्धाश्रममा रहेका मतदातालाई अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिकतर्फ मताधिकार व्यवस्था गर्ने आयोगको सोच छ ।निर्वाचनलाई स्वतन्त्र र स्वच्छ तुल्याउन आयोगले विभिन्न तहमा अनुगमन संयन्त्रमार्फत चुनावलाई भड्किलो र खर्चिलो हुनबाट रोक्न भगिरथ प्रयास गरिरहेको छ ।
निर्वाचनलाई प्रभाव पार्ने मिथ्या सूचना र दुष्प्रचारलाई रोक्न अनुगमनको प्रभावकारी संयन्त्रको व्यवस्था सुरु गरिसकेको छ ।

उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको सम्पत्ति विवरण लिने र उम्मेदवारको योग्यता, राजीनामा, पेस्की, बेरुजु आदि विषयमा स्वघोषणा लागू गर्ने सोच आयोगको छ ।
आयोगले ७६ बुँदाको निर्वाचन कार्यतालिका स्वीकृत गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र निष्पक्ष तुल्याउन मूल लक्ष्यतर्फ अग्रसर भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
निर्वाचन कार्यतालिकामा बजेट अनुमान, राजनीतिक दल दर्ता र स्वीकृति, उम्मेदवारी मनोनय, निर्वाचन अधिकृत खटनपटन, मतदाता नामावली र मतपत्र छपाइ, निर्वाचन सामग्री व्यवस्थापन, ढुवानी, अनुगमन तथा मतदान र मतगणनासम्मका विषयवस्तु समेटिएको छ ।
‘स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार आयोगले सबै कामलाई योजनाबद्ध र व्यवस्थित ढंगबाट अघि बढाइरहेको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी बनाउन हामी तीव्र गृहकार्यमा छौं,’ उनले भने ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

बर्खामा विपी राजमार्ग अवरूद्ध भए आधा घन्टामै खुलाइने

रास्वपामा सभापतिको नीतिगत निर्देशन नमाने संसदीय दलको नेता स्वत: पदमुक्त हुने

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL