सिंहदरबारमा ग्यास सिलिन्डर प्रतिबन्ध
काठमाडौं– मुलुकको प्रमुख प्रशासनिक अड्डा सिंहदरबारभित्र बुधबारदेखि ग्यास सिलिन्डर लैजान रोक लगाइएको छ ।खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार सिंहदरबारभित्र ग्यास सिलिन्डर प्रवेश निषेध गरिएको हो ।
सिंहदरबारको गेटमा खटिएका एक सुरक्षाकर्मीले ग्यास सिलिन्डर भित्र लैजान नदिन आदेश आएको बताए ।
सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुआत सिंहदरबारभित्रबाट गरिने बताएको थियो।
सिंहदरबारमा मन्त्रालय तथा निकायका क्यान्टिनमा ग्यास सिलिन्डर प्रयोग हुँदै आएको छ। अब भने विद्युतीय चुलो प्रयोग हुनेछ।यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०७९÷८० को बजेटको बुँदा नं. २५३ प्रभावकारी कार्यान्वयन गर्न र साउनभित्रै ग्यास सिलिन्डर विस्थापित गरिसक्न निर्देशन दिएको थियो ।







