राजनीति / देश
Wednesday, 17 Aug, 2022
एकीकृत समाजवादीको बैठक बस्दै
काठमाडौं– नेकपा एकीकृत समाजवादीले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेका लागि न्यूनतम मापदण्ड तय गर्ने भएको छ । उम्मेदवारको मापदण्ड तय गर्न बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठक बस्दै छ।
बैठक दिउँसो २ बजे पार्टी मुख्यालय आलोक नगरमा बस्ने गरी बोलाएको उपमहासचिव डा. विजय पौडेलले बताए ।
सचिवालय बैठकले मापदण्ड तय गरेर निर्वाचन क्षेत्र कमिटीलाई तोकिएको मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न सर्कुलर जारी गरिनेछ ।
नेकपा समाजवादी सत्तारुढ दलमा तेस्रो ठूलो दल छ । पाँच दलीय गठबन्धनमा रहेका दललाई १६५ मध्ये कुन दलले कति सिट पाउने भन्ने टुंगो लागिसकेको छैन ।







