विप्लव नेतृत्वको पार्टीले असोजमा महाधिवेशन गर्ने
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा नवौं महाधिवेशन गर्ने भएको छ।महाधिवेशन अगाडि भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेभित्र जिल्ला सम्मेलन सम्पन्न गरिने जनाइएको छ।
गत १२ देखि १७ जेठसम्म बसेको नेकपा केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।त्यसअघि नेकपाले ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको पार्टीको केन्द्रीय समिति बैठकले गरेको छ ।
शुक्रबार केन्द्रीय समितिको १३ औं पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरु धर्मेन्द्र बाँस्तोला कञ्चन र हेमन्तप्रकाश वली सुर्दशनलाई पार्टीमा फर्किन आह्वान गरेका हुन्।







