राजनीति / देश
Wednesday, 1 Jun, 2022
‘अब म खुइलिएँ, तपाईंहरुको राजनीतिक अभिष्ट पूरा होस्’:रवीन्द्र मिश्र
विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफूलाई केहीले प्रत्यक्ष भेटमै ‘खुइल्याउने’ चेतावनी दिएको खुलासा गर्दै उनीहरुको राजनीतिक अभिष्ट पूरा होस् भन्ने शुभकामना दिएका छन् ।
उनले बुधबार ‘(अ)मित्र’लाई सम्बोधन गरी फेसबुकमा स्टाटस लेख्दै यस्तो जनाएका हुन् । उनले लेखेका छन्,जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए, “तपाईँलाई नखुइल्याई त मेरो/हाम्रो राजनीतिक अभिष्ट नै पुरा हुँदैन नि!”
मिश्रले अब आफू ‘खुइलिएको’ पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘अब म खुइलिएँ । तपाई(हरु)को राजनीतिक अभिष्ट पूरा होस् ।’
उनले यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस् भन्ने कामना गर्दै ती ‘(अ)मित्र’हरुलाई शुभकामना समेत दिएका छन् ।








